
नेप्से ८ अंकले घट्यो, कारोबार ८ अर्बबढी


बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) ८.३० अंकले घटेको छ । नेप्से ०.३० प्रतिशतले घटेर २७४८.०५ विन्दुमा पुगेको हो । आज ८ अर्ब ५४ करोड ५५ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख ६३ हजार ३५५ कित्ता शेयर कारोबार भएको छ ।
यस्तै ५० वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १९४ वटा कम्पनीको शेयर मूल्य घटेको छ । आज कुनैपनि कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छैन । ३०७ वटा कम्पनी कारोबारमा आउँदा ८३ हजार १२८ पटक शेयर किनबेच भएको छ ।
३ वटा कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने मानुषी लघुवित्तको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
१३ वटा समूहमध्ये ३ वटा समूह बढेको छ भने १० वटा समूह घटेको छ ।
बिहीबार विकास बैंक समूह १.०५ प्रतिशतले बढेर ५ हजार ८६१.१२ विन्दुमा पुगेको छ । त्यस्तै, जीवन बीमा ०.४७ प्रतिशतले बढेर १३ हजार ५६७.८८ विन्दुमा र ट्रेडिङ समूह ९.२५ प्रतिशतले बढेर ४ हजार २२९.१९ विन्दुमा पुगेको छ ।
प्रतिक्रिया