४१ लाख ३० हजार घरघुरीमध्ये ४७ प्रतिशत किसान परिवार सूचीकृत

मुलुकभर रहेका किसान परिवारमध्ये करिव ४७ प्रतिशत किसान किसान सूचीकरणमा सूचीकृत भएका छन् । कुल किसान परिवारको करिव ४७ प्रतिशत किसान सूचीकरण प्रणालीमा सूचीकृत भएको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले जनाएको हो ।

राष्ट्रिय कृषि गणना, २०७८ का अनुसार ४१ लाख ३० हजार किसान घरधुरी रहेकोमा अहिलेसम्म करिब १९ लाख २९ हजार किसान परिवार सूचीकरण प्रणालीमा सूचीकृत भएको मन्त्रालयको भनाई छ । मन्त्रालयले करिव ४ वर्ष अघि २०७७ माघ २ को मन्त्रीस्तरको निर्णयबाट ‘किसान सूचीकरण कार्यान्वयन कार्यविधि, २०७७’ स्वीकृत भइ आर्थिक वर्ष २०७७/७८ देखि नै उक्त कार्यक्रम राष्ट्रिय अभियानको रूपमा कार्यान्वयनमा ल्याएको हो ।

संघीय सशर्त वित्तीय हस्तान्तरणमार्फत बजेट व्यवस्था भइ स्थानीय तहवाट उक्त कार्यक्रम कार्यान्वयनमा रहेको छ ।मन्त्रालयका अनुसार अहिलेसम्म ५० भन्दा बढी स्थानीय तहमा किसान सूचीकरण कार्य सम्पन्न भइसकेको छ भने थप १०० वटा स्थानीय तहमा सूचीकरण कार्य अन्तिम चरणमा रहेको छ । मन्त्रालय अन्तरगत रहेको कृषि सूचना तथा प्रशिक्षण केन्द्रवाट अहिले सञ्चालनमा रहेको छ ।

किसान सूचीकरण विधि एवं प्रणाली र ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी नियमावली, २०५०’ को नियम १६ को प्रावधानबीच तादाम्यता सहित प्रविष्ट तथ्यांकको सुरक्षा, वर्गीकरण सहित परिचय पत्रको विस्तृतीकरण र प्रदेश तहको भूमिका समेत समावेश गरी ‘किसान सूचीकरण (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०८१’ स्वीकृतिको प्रक्रिया अगाडि बढाइसकिएको छ । यसैबीच मन्त्रालयले किसान सूचीकरणको कामलाई तीव्रताका साथ अघि बढाउन सबै स्थानीय तहलाई परिपत्र गरेको छ । मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत ७५३ स्थानीय तहलाई परिपत्र गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर