
एनपीएलको उद्घाटन खेलका सबै टिकट अगाडि नै बिक्री


पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उद्घाटन खेलका सबै टिकट बिक्री भएका छन् ।मंसिर १५ गते त्रिवि क्रिकेट मैदानमा हुने विराटनगर किंग्स र जनकपुर बोल्ट्स बीचको उद्घाटन खेलका सबै टिकट बिक्री भएको हो ।
टिकट खुला भएको दुई दिनमै सबै बिक्री भइसकेको एनपीएलले जनाएको छ । त्रिवि क्रिकेट मैदानको दर्शक क्षमता १२ हजार रहेको छ । भीआईपी तर्फ २ हजार र सामान्यतर्फ १० हजार दर्शक अटाउँछन् । ‘टिकट चाहिँ हामीसँग भीआइपी र सामान्यतर्फ गरेर करिब १२ हजार जति क्यापिसिटी छ । पहिला खेलको लागि सोल्डआउट नै भइसक्यो,’ क्रिकेट संघ (क्यान) का प्रवक्ता छुम्बी लामाले भने, ‘सिद्धार्थ बैंक जोन छ । जुन हाम्रो टाइटल स्पोन्सर हो । अरु चाहिँ जोन १ जोन २, जोन ३ छुट्याएका छौं । भीआइपी एरिया छ । भीभीआइपी, ओनर्स भन्ने छ ।’
प्रतिक्रिया