तीन डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान 

नेपाल सरकार गृहमन्त्रीस्तरको २०८१ मंसिर ११ गतेको निर्णयअनुसार प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षकबाट प्राविधिक प्रहरी नायब महानिरीक्षक पदमा पदोन्नति भएका ३ जना प्रहरी अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा बुधवार आयोजित एक समारोहबीच उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्।

पदोन्नति हुनेहरूमा प्राविधिक प्रहरी नायव महानिरीक्षकत्रय डा. दामोदर पौडेल, डा. मनोजकुमार यादव र डा. संजिता दाहाल (घिमिरे) छन्।

दर्ज्यानी चिन्ह सुशोभन समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले पदोन्नति भएका प्रहरी अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। पदोन्नतिसँगै पदीय दायित्व र मर्यादाको घेरा बढ्दै जाने तथ्यलाई मनन गरी काम गर्न उनले निर्देशन दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *