चीन भ्रमणबारे पूर्व प्रधानमन्त्री र पूर्व परराष्ट्रमन्त्रीसँग प्रधानमन्त्री ओलीको छलफल

चीन भ्रमणका क्रममा राखिने एजेन्डाका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार पूर्वप्रधानमन्त्री र पूर्वपरराष्ट्रमन्त्रीहरूसँग छलफल गरेका छन्।

पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपाल, मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीलगायत छलफलमा सहभागी रहेका थिए।

सो क्रममा नेपालले बीआरआईमा सम्झौता गर्ने या नगर्ने भन्ने विषयमा पनि चर्चा चलेको थियो। ऋण नलिने तर सहयोग वा अनुदानमा हस्ताक्षर गर्न सकिने सुझाव प्रधानमन्त्री ओलीले पाएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर