परराष्ट्रमन्त्री राणाकाे जापान भ्रमण स्थगित, मंसिर १३ मा चीन जाने

परराष्ट्र मन्त्री आरजु राणा मंसिर १३ गते चीन जाने भएकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणको तयारीका लागि उनी पाँच दिन अगावै चीन जान लागेकी हुन् । प्रधानमन्त्री ओली १७ मंसिरमा चार दिने भ्रमणका लागि उत्तरी छिमेकी मुलुक चीन जान लागेका हुन् ।

मुख्यतयाः चीनको ठूला परियोजना बीआरआई कार्यान्वयन सम्झौता गर्ने विषयमा कांग्रेस–एमालेबीच बिबाद कायमै रहेको बेला त्यसको पृष्ठभूमि तयारीका लागि परराष्ट्र मन्त्री पाँच दिन अगावै चीन जान लागेको बुझिएको छ । स्वास्थ्य परीक्षणका लागि जापान जाने तयारीमा रहेकी मन्त्री राणा जापान नगई सिधै २८ नोभेम्बर (१३ मंसिर) मा चीन जाने भएकी हुन् ।

यसअघि मन्त्री राणाको आजै जापान प्रस्थान गर्ने कार्यतालिका तय भएको थियो । ‘उहाँ स्वास्थ्य परीक्षणका लागि जापान जाने कार्यक्रम थियो,’ मन्त्री राणाका प्रेस संयोजक एकराज पाठकले भने,  ‘तर, चिकित्सकको समय उपलब्ध नभएकाले उहाँ त्यसतर्फ नजाने हुनुभयो ।’ काठमाडौँबाट आज जापान प्रस्थान गर्ने र त्यहाँबाट १४ मंसिरमा चीन पुग्ने मन्त्री राणाको कार्यक्रम थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर