स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रासहित ३ जना पक्राउ 

मकवानपुर प्रहरीले स्रोत नखुलेको ४६ हजार विदेशी मुद्रासहित ३ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।  आइतबार राती ८:४५ बजेको समयमा  हेटौंडा-१ चौकीटोलबाट उक्त रकमसहित भारतीय नागरिकलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भारत उत्तर प्रदेश जिल्ला जालौन बस्ने बर्ष ४० को बिजय सिंग कुशवाह, निजको साथबाट युस डलर १२ हजार,भारत उत्तर प्रदेश जिल्ला गोरखपुर बस्ने बर्ष २६ को प्रशान्त पाठक, निजको साथबाट युरो १४ हजार डलर र  भारत राजस्थान चितोरगढ बस्ने बर्ष ३२ को राहुल कुमार माण्डावत, निजको साथबाट युस डलर २० हजार गरि नेपाली (बैसठ्ठी लाख नब्बे हजार पैतिस रुपैयाँसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रहरीका अनुसार विशेष सूचनाको आधारमा हेटौंडा-१ प्रहरी चौकी चौकिटोलस्थित चेकपोईन्ट अगाडी हेटौडा भैसे सडकखण्डमा काठमाडाैंबाट हेटौडा तर्फ आउँदै गरेको  बा.प्र.०३-००१ ज ०७६५ नं. को यात्रुवाहक इभि  माईक्रो बसमा  सवार भई आएका  नागरिकहरुलाई उक्त माईक्रो बसबाट ओराली  शरीर तथा झोला समेतको खानतलासी गर्दा स्रोत नखुलेको विदेशी मुद्रासहित पक्राउ गरिएको हो ।

पक्राउ परेका ३ जनाको थप अनुसन्धान भईरहेको र आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान कार्यालय मिनभवन ललितपुर पठाउने तयारी भईरहेको जानकारी दिइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *