धितोपत्र बोर्ड अध्यक्षमा तीन जनाको नाम सिफारिस

नेपाल धितोपत्र बोर्ड अध्यक्षका लागि तीन जनाको नाम सिफारिस भएको छ ।

बोर्ड अध्यक्ष सिफारिस समितिले सन्तोषनारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ र नवराज अधिकारीको नाम सिफारिस गरेको स्रोतले जनाएकाे छ  ।

स्रोतका अनुसार सिफारिस समितिले उत्कृष्ट कार्य योजना तथा अन्तर्वार्ताका आधारमा उनीहरूलाई सिफारिस गरेको हो ।

आइतबार मात्रै बोर्डका कार्यकारी निर्देशक अधिकारी र नेप्सेका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले आफ्नो कार्य योजना प्रस्तुत गरेका थिए । सर्टलिस्टमा परेका अर्का उम्मेदवार बीमा प्राधिकरणका पूर्वअध्यक्ष चिरञ्जीवी चापागाईँ भने अनुपस्थित रहेका थिए ।

सिफारिस समितिमा रहेका एकजना अधिकारीका अनुसार सन्ताेषनारायणकाे प्रस्तुति र कार्ययाेजना अन्यकाे तुलनामा उत्कृष्ट रहेकाे थियाे ।

यसअघि दुई उम्मेदवार सन्तोषनारायण र मुक्तिनाथले अन्तर्वार्ता तथा कार्य योजना प्रस्तुत गरेका थिए । सन्तोषनारायण नेपाल विद्युत् प्राधिकरणका पूर्व सञ्चालक हुन् भने मुक्तिनाथ श्रेष्ठ धितोपत्र बोर्डका कार्यकारी निर्देशक हुन् ।

सिफारिस समितिबाट सिफारिस भएका तीनै जनाको नाम मन्त्रिपरिषद् बैठकमा सिफारिस गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर