म्याद थपका लागि रवि लामिछानेलाई अदालतमा उपस्थित गराइँदै
९ मंसिर २०८१ ८:४७
सहकारीको रकम ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदैछ।
उनलाई कात्तिक २५ गते थपिएको १३ दिने म्याद सकिएपछि आज (आइतबार) जिल्ला अदालत कास्कीमा उपस्थित गराइन लागेको हो।
आज म्याद थपका लागि रविलाई अदालतमा लागिएको यो पाँचौँ पटक हो। यसअघि कात्तिक २५ गते जिल्ला न्यायाधीश नवराज दाहालको इजलासले रविलाई १३ दिन हिरासत राख्न अनुमति दिएको थियो।
प्रतिक्रिया