
कञ्चनपुरको कलुवापुरमा बस दुर्घटना, ३१ जना घाइते


पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ स्थित कलुवापुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।
धनगढीबाट महेन्द्रनगर आउँदै गरेको ना ४ ख ७७५५ नं को बस दुर्घटना हुँदा बसमा सवार ३१ जना घाइते भएका छन् र दुई जनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिए । घाइतेहरूको अत्तरिया र महेन्द्रनगरस्थित महाकाली अस्पतालमा उपचार भइरहेको र घटनाबारे अनुसन्धान भइरहेको उनले बताए ।
- परराष्ट्रमन्त्रीद्वारा ट्रम्पका सुरक्षा निर्देशकसँग भेटवार्ता, विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह
- राजनीतिक अस्थिरता जनताको लागि अपाच्य : महासचिव चन्द
- ज्ञानेन्द्रलाई भिलेनको संज्ञा दिँदै प्रचण्डले भने- राजनीतिक दललाई धोका नदिएको भए राजतन्त्र टिक्न सक्थ्यो
- ७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
प्रतिक्रिया