विमानस्थलका होटल र पसलमा वाणिज्यको छापा, तीन लाखसम्म जरिवाना

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचालित होटल र पसलमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले अनुगमन गरेको छ । विभागले शुक्रवार गरेको अनुगमनमा एक पसल र एक रेष्टुरेन्टलाई कारबाही गरेको छ ।

रिलेवलिङ गरेको वा गुणस्तर परिमाण, मुल्य नापतौलमा हेरफेर गरेको होटल तथा रेष्टुरेष्टलाई तीन लाख र मुल्य सूची, दर्ता प्रमाणपत्र नराखेको पसललाई ५० हजार जरिवाना गरिएको विभागले जनाएको छ ।

त्यसैगरी व्यवसायसँग सम्बन्धित कागजात लिई विभागमा उपस्थित हुन मार्ट मिनि मार्टलाई निर्देशन दिइएको छ । भने अन्य पसल तथा होटल रेष्टुरेन्टलाई कागजात माग गरि निर्देशन दिइएको विभागले जनाएको छ ।

विभागले शुक्रवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा संचालित होटल र पसलसहित काठमाडौं उपत्यकाका २१ वटा पसल र होटल तथा रेष्टुरेन्टमा अनुगमन गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *