यी हुन् सीआईबीको कालोसूचीमा परेका समयमै ऋण चुक्ता नगर्ने २ दर्जन सहकारी

बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर समयमै कर्जा फर्छ्यौट गर्न नसक्ने दुई दर्जन सहकारी कालोसूचीमा परेका छन् । गएको कात्तिक महिनामा कर्जा सूचना केन्द्र (सीआईबी) ले २४ वटा सहकारीलाई कालोसूचीमा राखेको हो ।

कुनै व्यक्ति वा संस्थाले लिएको कर्जा निष्क्रिय भएमा, भाखा नाघेमा त्यस्ता व्यक्ति तथा कम्पनीहरूलाई बैंक तथा वित्तीय संस्थाहरूले कालोसूचीमा राख्न कर्जा सूचना केन्द्रलाई परिपत्र गर्छ । सोही आधारमा कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋण नतिर्ने ऋणीहरूलाई कर्जा सूचना केन्द्रले कालोसूचीमा राख्ने गर्छ ।

केन्द्रले कालोसूचीमा राखेपछि त्यस्ता व्यक्ति तथा संस्थाहरू वित्तीय सेवा लिनबाट बन्देज हुन्छन् । उनीहरूले अर्को बैंक तथा वित्तीय संस्थाबाट पुनः कर्जा समेत पाउँदैनन् । राज्यबाट समेत उनीहरूले विभिन्न सेवा सुविधा नपाउन सक्ने कर्जा सूचना केन्द्रले जनाएको छ ।

कात्तिक महिनाको पहिलो दिन (१ गते) साना वित्त विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कालोसूचीमा परेको छ । यस सहकारीका सञ्चालकहरिमा अरविन्द श्रेष्ठ, विज्ञानकृष्ण कर्माचार्य, विकासविक्रम शाही, मधु लामा, पेशलकुमार राई, राजकुमार राई र यशोदा लामा रहेका छन् ।

सोही दिन अशोककुमार सादु हलुवायी, किरणमणि चौधरी, निलम यादव, राम आशिक महतो र रामप्रित यादवले सञ्चालन गरेको एभरेष्ट बचत तथा ऋण सहकारी संस्था पनि कालोसूचीमा परेको छ । यसैदिन  हिमरोशनी बचत तथा ऋण सहकारी संस्था कालोसूचीमा परेको छ । यस सहकारीका सञ्चालकहरूमा भरत कार्की, विजय सिजाली, मिरा खत्री, निरञ्जन थापा, राजन श्रेष्ठ, रामशोभा महत, श्यामकुमार शाही रहेका छन् ।

अर्जुनप्रसाद खनाल, हेमराज इटानी र राजन गजुरेललगायतले सञ्चालन गरेको अबितारा बचत तथा ऋण सहकारी संस्था र साइनो बचत तथा ऋण सहकारी संस्था समेत कालोसूचीमा परेको छ । यस सहकारीका सञ्चालकहरूमा अनिल देव राइ, विशाल शर्मा, दीपककुमार मेनयाङ्बो, सरिता बोहोरा र तीर्थ राई छन् ।

चुरियामाई बचत तथा ऋण सहकारी संस्था, युनिफाइड बचत तथा ऋण सहकारी संस्था लिमिटेड, श्रमजीवी बचत तथा ऋण सहकारी संस्था लिमिटेड, हरियाली बचत तथा ऋण सहकारी संस्था लिमिटेड र गंगाजल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कालोसूचीमा परेका छन् ।

विजयकुमार गुप्ता, विनिता देवी, वीरेन्द्रप्रसाद कलवार, कृष्णप्रसाद गुप्ता, प्रेमभगत माली, रामयोद्ध साह र रमेशप्रसाद यादव चुरियामाइका सञ्चालक हुन् भने युनिफाइडका सञ्चालक धन बहादुर बोगटी, हरिबहादुर पुडासैनी, हरिओम श्रेष्ठ, जीवन चलाउने, जोगेन्द्र अग्रवाल, मिन्दु शेर्पा र टंकप्रसाद तिमिल्सिना हुन् ।

किरणदेवी जैशवाल, राकेशकुमार राउत, रामबाबु यादव, रामभरोशा रायमत, रामप्रसाद कपरकेवत, रेखादेवी सुनिला गदेरीले चलाएको सहकारी हो, श्रमजीवी बचत तथा ऋण सहकारी संस्था । कात्तिक ८ गते कालोसूचीमा परेको हरियाली सहकारी सञ्चालक इच्छा देशर, जुना देशर, नारायणी देशर र पूर्ण देशर हुन् । गंगाजलका सञ्चालकहरू बलराम विष्ट, केशव श्रेष्ठ, कुलबहादुर आलेमगर, निरबहादुर बस्नेतलगायत हुन् ।

कपिलदेव चौधरी सञ्चालक रहेको सूर्योदय बचत तथा ऋण सहकारी संस्था लिमिटेडसंगै धरणिधर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पनि कालोसूचीमा परेको छ । यस सहकारीका सञ्चालकहरिमा लालसुन्दर राइ, निरा सुवेदी, राजेन्द्र थापा, रामबहादुर घिमिरे क्षेत्री, शुभद्राकुमारी भट्टराई र सूर्यबहादुर कार्की रहेका छन् ।

राजकुमार लामा र श्यामबहादुर तामाङले सञ्चालन गरेको नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेड कात्तिक १४ गते कालोसूचीमा परेको छ भने अस्मिता दाहाल, धुनकुमार राइ, हरिप्रसाद संग्रौलालगायतले सञ्चालन गरेको महेन्द्रद्वार सहकारी संस्था लिमिटेड कालोसूचीमा परेको छ ।

कात्तिक २३ गते ग्रेटगंगासागर बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालोसूचीमा पर्दा कात्तिक २५ गते नियोग बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कालोसूचीमा परेको हो । ग्रेटग्रगासागरका सञ्चालहरु अम्बरबहादुर तामाङ, विशवकर लामा, दमदारबहादुर तामाङ, इन्द्रबहादुर खड्का, कल्पना तामाङ, कुमारी तामाङ, सुशीला बम्जन, सुदर्शन खत्री र उत्तरबहादुर तामाङ रहेका छन् भने नियोगका सञ्चालक बिक्की सिल्पकार र पूजा सिल्पकार रहेका छन् ।

वीरबहादुर तामाङ, नेत्रबहादुर लामा, राजु पाख्रिन र सुनील महर्जनले सञ्चालन गरेको सुविधानगर जगदम्बा बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालोसूचीमा परेको छ । यो सहकारी कात्तिक २६ गते कालोसूचीमा परेको कर्जा सूचना केन्द्रले जनाएको छ ।

कर्जा सूचना केन्द्रका अनुसार यस महिना श्री स्वप्नशील बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनि कालोसूचीमा परेको छ । यस सहकारी सञ्चालकहरिमा अमन श्रेष्ठ, जयराम अवाल, रोजिना श्रेष्ठ, सावित्रा लिङ्देन, सरोज सिखाली, सुजन पालिखेल र सुलोचना वनमाला रहेका छन् ।

मनबहादुर थापा र सारदा बिसीको चन्द्रज्योती मल्टिपर्पोज को(अपरेटिभ प्रालिसँगै शुभलाभ बचत तथा ऋण सहकारी संस्था लिमिटेड पनि कालोसूचीमा परेको छ । शुभलाभका सञ्चालकहरू भावना आचार्य, हुट्टराज कटुवाल, प्रवीन पाठक, राजेन्द्र बडेल, रिजु पौडेल र अम्बर बहादुर कार्की हुन् ।

पानस बचत तथा ऋण सहकारी संस्था लिमिटेड कालोसूचीमा परेको छ । यसका सञ्चालकहरू घनश्याम शाक्य, हरिप्रसाद कसुला, इन्द्रकमल श्रेष्ठ, शेषराम श्रेष्ठ, श्रद्धा पौडेल, सुजितबहादुर कायस्थ र सूर्यराम शाक्य रहेका छन् ।

चित्रकला राई, घनश्याम सुवेदी, गिता मिश्र, हरिप्रसाद मिश्रलगायतले सञ्चालन गरेको सातथुम्के चिया कृषक सहकारी संस्था लिमिटेड गएको कात्तिक महिनामा कालोसूचीमा परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर