काँग्रेसले विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्दै

नेपाली काँग्रेसले मुलुकको विद्यमान आर्थिक अवस्था र सुधारका उपायबारे छलफल गर्ने भएको छ । पार्टी सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा यही मङ्सिर ७ गते उक्त छलफल कार्यक्रम गर्न लागेको काँग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

शुक्रबार बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनको शंकर हलमा हुने कार्यक्रममा पूर्वअर्थमन्त्री, राष्ट्रिय योजना आयोगका पूर्वपदाधिकारी, निजी क्षेत्रका अर्थतन्त्रसँग जोडिएका संघ संस्थाका पदाधिकारी लगायतसँग छलफल गरिने प्रमुख श्यामकुमार घिमिरेले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर