सत्य निरूपण र बेपत्ता छानबिन आयोगका पदाधिकारीका लागि १५६ जनाले दिए आवेदन

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्यनिरूपण तथा मेलमिलाप आयोगका पदाधिकारीका कूल १५६ जनाले आवेदन दिएका छन् । अध्यक्ष पदका लागि मात्रै ३१ जनाको आवेदन परेको छ । आवेदकहरूमा उच्च अदालतका पूर्वन्यायाधीशसमेत छन् ।

संक्रमणकालीन न्यायसम्बन्धी दुई आयोगका अध्यक्ष र सदस्य पदमा नियुक्तिका लागि सिफारिस गर्न गठित समितिका अनुसार मंसिर ४ गतेको अन्तिम समयसीमाभित्र भौतिक रूपमा ८९, अनलाइनमार्फत २० र संघसंस्थाको सिफारिसमार्फत ४७ आवेदन परेका छन् ।

कानुन मन्त्रालयबाट संक्रमणकालीन न्याय सम्बन्धी कार्य हेर्ने सहसचिव मानबहादुर अर्यालका अनुसार अध्यक्ष पदमा ३१ जनाको आवेदन परेको छ । केहीले अध्यक्ष र सदस्य दुवै पदमा आवेदन दिएका छन् ।

२०७९ साउनदेखि पदाधिकारीविहीन आयोगमा नियुक्तिका लागि समितिले २३ कात्तिकमा सार्वजनिक सूचना जारी गरी आवेदन माग गरेको थियो । त्यतिबेला आवेदन दिने म्याद ७ दिनको भए पनि पछि ५ दिन थपिएको थियो । यससँगै आवेदन दिने म्याद मंसिर ४ गते अपराह्न ५ बजेसम्म थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *