
स्थानीय तह उपनिर्वाचनको प्रचारप्रसारका लागि कल सेन्टर सञ्चालनमा


निर्वाचन आयोगले यही मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको प्रचारप्रसारका लागि कल सेन्टर सञ्चालनमा ल्याएको छ ।
आयोगले मतदाताका प्रश्न, गुनासा र समस्या समाधान गरी मतदाता नामावली, निर्वाचन कार्यक्रम, उम्मेदवारी दर्ता, मतदान प्रक्रिया लगायतका सबै विषयमा आम मतदाता एव सर्वसाधारणलाई जानकारी गराउनका लागि आयोगको कार्यालयमा कल सेन्टर सञ्चालनमा ल्याएको हो ।
आयोगले बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सञ्चालन हुने गरी टोल फ्री नम्बर ११०२ रहेको कल सेन्टरको स्थापना गरेको आयोगले जनाएको छ ।
आयोगका अनुसार कल सेन्टरमा सम्पर्क राखेर उपनिर्वाचनका विषमय आफ्ना प्रश्न, गुनासा र जिज्ञासा राख्न आयोगले सबैलाई अनुरोध गरेको छ ।
प्रतिक्रिया