धर्मान्तर गराउन आयोजना हुने शिविर प्रतिबन्ध लगाउन माग

विश्व हिन्दु परिषद नेपालले धर्मान्तर गराउने उदेश्यले आयोजना हुने शिविरमाथि प्रतिबन्ध लगाउन सरकारसँग माग गरेको छ ।

मंगलबार परिषद्ले गृहमन्त्री रमेश लेखकलाई ज्ञापनपत्र पठाउदै धर्मान्तर गराउन आयोजना हुने शिबिरमाथि प्रतिबन्ध लगाउन माग गरेको हो ।

देशका विभिन्न स्थानहरुमा पिता परमेश्वर सच्चाई केन्द्र नामले सञ्चालित शिविरले रोगहरु निको बनाइदिने प्रलोभन पारि धर्मान्तर गराएको भन्दै परिषदले ध्यानाकर्षण भएको जनाएको छ । यस्ता कार्य कानुन बमोजिम दण्डनीय रहेको उल्लेख गर्दै परिषदले शिविरमाथि प्रतिबन्ध लगाउन माग गरेको परिषदका महासचिव जितेन्द्रकुमार सिंहले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *