एनआरएनए विवाद : शेष घलेलाई बद्री केसी पक्षको असहयोग

सर्वोच्च अदालतको फैसलाअनुसार गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन गराउने जिम्मेवारी पाएका पूर्वअध्यक्ष शेष घलेलाई बद्री केसी पक्षले असहयोग गरेको छ ।

बालुवाटारस्थित कार्यालय बन्द गरी केसी पक्ष काठमाडौंस्थित एक होटलमा बैठक बस्न गएको हो ।

पूर्वअध्यक्ष घले नेतृत्वको उच्चस्तरीय समिति कार्यालयमा आउने जानकारी पाएपछि सबै कर्मचारीलाई बिदा दिएर केसी भने आफू निकटसँग बैठक बसिरहेको बताइएको छ ।

घले नेतृत्वको उच्चस्तरीय समिति कार्यालयमा पुग्दा कार्यालय बन्द रहेको थियो । कार्यालय बन्द भएसँगै घले कार्यालय परिसरबाट फर्किनुभएको थियो ।

झन्डै तीन वर्ष यता जारी एनआरएनएको विवादमा सर्वोच्च अदालतले गत चैत २१ मा घलेको नेतृत्वमा एकताको महाधिवेशन गराउन आदेश दिएको थियो ।

परराष्ट्र मन्त्रालयको पत्रअनुसार एकताको महाधिवेशन गराउन पहिलो बैठक राख्दा कार्यालय नै बन्द भएको हो ।

हाल एनआरएनएमा केसी पक्ष, विनोद कुँवर पक्ष र आरके शर्मा पक्ष रहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *