एकले अर्कालाई झुक्याउने कुरा राजनीतिमा घातक छ : जनार्दन शर्मा

प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले राजनीतिक नेतृत्वबीच एकले अर्कोलाई झुक्याउने कुरा घातक रहेको टिप्पणी गरेका छन् ।

पछिल्ला दिनमा सत्तामा टाँसिरहनका लागि राजनीतिक नेतृत्वबीच छक्याउने, झुक्याउने सोच र प्रवृत्ति देखिएको जिकिर गर्दै उनले त्यो कुरा मुलुकको राजनीतिक क्षेत्रका लागि नै घातक भएको टिप्पणी गरेका हुन् ।

मंगलबार काठमाडांैमा आयोजित ‘शान्ति प्रक्रियाः विगत र वर्तमान’ विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्दै उपमहासचिव शर्माले राजनीतिक नेतृत्वले शासनमा भन्दा राशनमा ध्यान दिने खालको नीति लियो भने मुलुकमा फेरी सम्हाल्न नसक्ने गरी द्वन्द्व शुरु हुने पनि बताए ।

उनले भने– ‘नेतृत्वले एकले अर्कालाई छक्याउने, झुक्याउने, कसरी हुन्छ आफ्नो हातमा सत्ता राखिराख्ने खालको जो सोच र प्रवृत्ति र संस्कृतिको विकास भएको छ । यो धेरै हानिकारक छ राजनीतिक क्षेत्रमा । यसैले वितृष्णा पैदा गरेको छ । एकले अर्कोलाई धोका दिने, छक्याउने खालको कुराले, सत्तामा टाँसिरहने र इगो टकराउने खालको कुरा र शासनमा भन्दा राशनमा बढी ध्यान दिने खालको नीति भयो भने फेरी द्वन्द्व हुन्छ । त्यो सम्हाल्न सकिँदैन ।’

उपमहासचिव शर्माले तत्कालीन राज्य पक्षले दमन गरेपछि माओवादीले विद्रोह गर्नुपरेको पनि बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *