सहकारी पीडितको आन्दोलनमा रास्वपाको समर्थन

सहकारी पीडितहरूले मंसिर ५ गतेदेखि गर्ने आन्दोलनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ऐक्यबद्धता जनाएको छ । कार्यवाहक महामन्त्री मनिष झाले विज्ञप्ति निकालेर सहकारी पीडितको आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन् ।

‘सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय अभियान’ नामबाट सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग गर्दै काठमाडौँ केन्द्रित आन्दोलन सुरु गर्दैछन् ।

फितलो कानुन, भएको कानुनको इमान्दार कार्यान्वयन नहुनु र पटक-पटक बचतकर्तालाई आश्वासनको भरमा अभियान असफल पार्न राज्य नै लाग्नाले सहकारी समस्याको समाधान नभएको रास्वपाको ठहर छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर