
उपनिर्वाचन हुने स्थानीय तहलाई आयोगको आठबुँदे निर्देशन


निर्वाचन आयोगले उपनिर्वाचन हुने स्थानीय तहलाई आठबुँदे निर्देशन दिएको छ । आयोगका प्रवक्ता नीता पोखरेल अर्यालले सोमबार एक विज्ञप्तिमार्फत स्थानीय तहलाई निर्देशन दिइएको जानकारी दिएकी छन् ।
आयोगले राजनीतिक दल तथा उमेदवारहरूले कुनै पनि सरकारी, सार्वजनिक वा सामुदायिक सम्पत्ति प्रयोग वा अतिक्रमण वा दुरुपयोग वा क्षति पुर्याउने गरी कुनै काम गर्न/गराउन नपाउने बताएको छ । स्थानीय तहको स्वामित्व रहेको निकाय, सामुदायिक विद्यालय जग्गा, भवन, फर्निचर वा परिवहनको साधन अन्य भौतिक साधन प्रयोग गर्न पूर्णरूपमा रोक लगाउन आयोगको निर्देशन छ ।
आयोगबाट लागु भएको आचारसंहिताको पालना गरी उपनिर्वाचन सम्पन्न नभएसम्म सम्बन्धित स्थानीय तहहरूले उपभोक्ता समिति गठन, नयाँ योजना सञ्चालन, उद्घाटनलगायत कामहरू नगर्न/नगराउने व्यवस्था मिलाउन भनिएको छ ।
आचारसंहिताविपरीत कार्य भए कारबाही गरी सोको जानकारी सम्बन्धित निर्वाचन अधिकृतको कार्यालय र निर्वाचन आयोगलाई दिन आयोगको निर्देशन छ ।
मंसिर १६ गते स्थानीय तहका रिक्त ४२ पदमा उपनिर्वाचन हुँदै छ ।
के छ निर्देशनमा ?
- जनमोर्चा अध्यक्ष केसीको प्रश्न- आफैँ भ्रष्टाचारमा लिप्त भएकाहरूले जनतालाई कसरी सम्झाउनुहुन्छ ?
- लोकतन्त्रको डङ्का पिटेरमात्रै लोकतन्त्रवादी हुँदैन : राजेन्द्र लिङदेन
- परिवर्तन गर्न खोज्नेहरूलाई सरकारले छानिछानी अवरोध गर्यो : रास्वपा
- राष्ट्रिय एकता अभियानद्वारा जम्मू कश्मीरमा भएको आतङ्ककारी हमलाको भर्त्सना
प्रतिक्रिया