स्व. ढुंगानाले सरकार बहुमतको र संसद विपक्षीको भन्नेकुरा स्थापित गराउनु भयो : देउवा

नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले स्व. दमननाथ ढुंगानाले सरकार बहुमतको र संसद विपक्षीको भन्नेकुरा स्थापित गराएको बताएका छन् ।

सोमवार सानो गौचरणमा स्व. ढुगानाको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली दिन पुगेका सभापति देउवाले यस्तो बताएका हुन् । उनले नेपाली काँग्रेसबाट सभामुख बनेको र निष्पक्ष रुपमा काम गरेको बताए । उनले पार्टीलाई अप्ठ्यारो बनाएको महसुस त्यो बेलामा गरेपनि अहिले आएर होइन भन्नेकुरा भान भएको बताए ।

उनले भने ‘दमननाथजी वास्तवमै राम्रो मान्छे हो । उहाँले डेथ भयो । हाम्रो पार्टीबाट सभामुखमा छिर्नुभएको हो । उहाँले निष्पक्ष रुपमा काम गर्नुभयो । पार्टीलाई त वास्तवमा अप्ठ्यारोमै पारेको जस्तो लाग्थ्यो । तर थाहा पाउन दिनुभएन वास्तवमा । सभामुखको काम नै त्यही हो । प्रतिपक्षको सदन र सरकार बहुमतको भन्नेकुरा उहाँले स्थापित गराउनु भयो । उहाँ नेपालमा सरकार बहुमतको, विपक्षीको संसद भन्नेकुरा स्थापित गराउन सफल हुनुभयो । हाम्रो पार्टीलाई अप्ठ्यारो पार्नुभयो भन्ने महसुस गरेका थियौँ, तर वास्तवमा त्यो होइन रहेछ ।’

सभापति देउवाले देशले एउटा इमानदार र ठूलो व्यक्ति गुमाएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर