स्व. ढुंगानाले संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान दिनुभयो : प्रधानमन्त्री

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा शर्मा ओलीले पूर्वसभामुख दमननाथ ढुंगानाको आर्दशबाट आफूहरु प्रेरित भइरहने बताएका छन् ।

सोमबार काठमाडौंका नयाँ गौचरनमा राखिएको उनको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्ने क्रममा उनले सञ्चारकर्मीमाझ सो कुरा बताए ।

त्यस अवसरमा प्रधानमन्त्री ओलीले ढुंगानालाई संसदीय प्रणालीलाई सुदृढ बनाउने उन्नत र व्यवस्थित सोच भएको व्यक्तित्वको रुपमा पनि चित्रण गरे ।

जनप्रतिनिधिहरुको संस्था संसदलाई कसरी सुदृढ गर्ने भन्ने कुरामा ढुंगानासँग उन्नत र व्यवस्थित सोच रहेको उनको भनाई थियो ।

प्रधानमन्त्री ओलीले ढुंगानाले नेपालको संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पु¥याएको बताए ।

उनले लोकतन्त्रको बाटो दृढतापूर्वक अघि बढ्न सिकाएको उल्लेख गर्दै त्यसैबाट प्रेरित भएर अघि बढ्ने संकल्प पनि गरे ।

प्रधानमन्त्री ओलीले भने–‘संसदलाई जीवन्त र बलियो कसरी बनाउने ? संसदीय प्रणालीलाई जनप्रतिनिधिहरुको संस्था संसदलाई कसरी सुदृढ गर्ने भन्ने कुरामा उहाँसँग एउटा उन्नत र व्यवस्थित सोच थियो । त्यही सोचाले नेपालको संसदीय प्रणालीलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान रहेको छ । उहाँ अत्यन्त मृदुभाषी व्यक्तित्व, सबैका प्रिय हुनुहुन्थ्यो । हामी उहाँका आर्दशहरुबाट प्रेरित रहनेछौ । उहाँले देखाउनुभएको बाटो लोकतन्त्रको पक्षमा दुढतापूर्वक उभिन्छौं । उहाँलाई हामी राष्ट्रिय सम्मानका साथ बिदाई गर्छौं ।’

त्यस अवसरमा प्रधानमन्त्री ओलीले लोकतन्त्र र संसदीय प्रणालीलाई सुदृढ बनाउने उनले पु¥याएको योगदानको उच्च सम्मान गर्दै सरकारले उहाँलाई राजकीय सम्मानका साथ अन्त्यष्टि गर्ने निर्णय गरेको पनि उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर