नेपाल–भारत सीमा सुरक्षा बैठक सम्पन्न
३ मंसिर २०८१ १२:३५
नेपाल-भारतको सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको उच्चस्तरीय बैठक सम्पन्न भएको छ ।
बैठकमा दुवै पक्षबीच सीमा सुरक्षामा थप समन्वय गर्ने लगायतका विविध विषयमा छलफल भएको जनाइएको छ ।
बैठकमा महानिरीक्षक अर्यालसहित उच्च सुरक्षा अधिकारी, गृह मन्त्रालय, नेपाल प्रहरी, अनुसन्धान विभाग, नापी विभाग, परराष्ट्र मन्त्रालयका प्रतिनिधि र भारतको सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादको नेतृत्वमा छ सदस्यीय टोली सहभागी थिए ।
सीमा सुरक्षासम्बन्धी दुई देशका अधिकारीहरूको बैठकको नेतृत्व गर्दै नेपाल आएका भारतको सीमा सुरक्षा बल (एसएसबी) का महानिर्देशक अमृतमोहन प्रसादले गृहमन्त्री रमेश लेखकसँग समेत भेटवार्ता गरेका थिए ।
प्रतिक्रिया