रास्वपाले १८ स्थानमा किन दिएन उम्मेदवारी ?

राष्ट्रिय स्वतन्त्र पार्टीले २६ स्थानीय तहमा उम्मेदवार उठाएको छ । मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन‌मा राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट २६ स्थानीय तहमा उम्मेदवार दिएको हो ।

रास्वपाले कैलाली र ओखलढुंगाको जिसस प्रमुखसहित, मेयर, गाउँपालिका अध्यक्ष र वडाअध्यक्ष पद सबै गरी १८ स्थानमा उम्मेदवारी दिएको छैन । काठमाडौंको किर्तिपुर नगरपालिका पनि उम्मेदवारी दिएको छैन ।

१८ स्थानमा किन दिएन उम्मेदवारी ?
यसबारेमा पार्टीका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले रास्वपाको मापदण्डका कारण र देशैभर संगठन बलियो भइनसकेकाले सबै ठाउँमा उम्मेदवारी दर्ता नभएको बताए । उनकाअनुसार कीर्तिपुरको मेयरका लागि एक जनाको मात्रै आवेदन परेको थियो । आवेदक आफैं नै कन्फ्युज भएकाले उम्मेदवारी नदिएको उनको भनाई छ ।

उनले संगठन बाक्लो नभएको ठाउँमा बल नगरेको बताए । ‘हाम्रो उम्मेदवारको जुन मापदण्ड सोचिराखेका थियौं त्यसमा नै कति मान्छे हच्किए,’ कार्यवाहक महामन्त्री बुर्लाकोटीले भने, ‘अर्को कुराचाहिं हामीले संगठन बाक्लो नभएको ठाउँमा धेरै बल पनि नगरेको हो ।’

आगामी मंसिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *