उपनिर्वाचन : यी हुन् कांग्रेसका उम्मेदवार (सूचीसहित)

सत्तारुढ नेपाली कांग्रेसले आउँदो मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारको नामावली सार्वजनिक गरेको छ । कांग्रेस केन्द्रीय समितिले मनोनयन दर्ता भएका उम्मेदवारको नामावली सार्वजनिक गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।  ओखलढुंगा जिल्ला समन्वय समितिको प्रमुख पदमा नेपाली कांग्रेसका उम्मेदवार टेकराज भट्टराई निर्विरोध निर्वाचित भएका छन् ।

पार्टीले काठमाडौंको कीर्तिपुर नगरपालिकाको मेयरमा कृष्णमान डंगोल उम्मेदवार बनाएको छ । आगामी मंसिर १६ गते जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख एक, उपप्रमुख एक र वडाध्यक्ष ३४ गरी जम्मा ४४ रिक्त पदका लागि उक्त दिन निर्वाचन हुनेछ । मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयन पत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।

मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उम्मेदवारले नाम फिर्ता लिन सक्ने छ भने सोही दिन दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने छ । मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुने निर्वाचन तालिका छ ।
हेर्नुस कांग्रेसका उम्मेदवार

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर