विवाहपञ्चमीको निम्तो दिन गएकाहरुलाई भारतीय सीमामा भव्य स्वागत

विवाहपञ्चमी महोत्सवलाई लिएर जनकपुरधामबाट तिलक र आमन्त्रण पत्रसहित अयोध्या जान लागेका विश्व हिन्दु परिषद्का सदस्यहरुलाई भारतीय सीमानामा भव्य स्वागत गरिएको छ ।

भगवान सीतारामको विवाहलाइ लिएर ५ सयको संख्यामा तिलक र अयोध्याबाट आउने जन्तीका लागि आमन्त्रण पत्रसहित अयोध्याका लागि प्रस्थान गरेका उनीहरुलाई भारतमा भव्य स्वागत गरिएको हो ।

तिलक लिएर जाने टोलीमा मधेसका मुख्यमन्त्री सतिशकुमार सिंहसमेत हुनुहुन्छ । तिलक लिएर जाने समूह आज नै अयोध्या पुग्ने र ३ गते तिलकसहित जानकी मन्दिरको पत्र विश्व हिन्दु परिषद्का महासचिव राजेन्द्र सिंह पंकजको अगुवाईमा चम्पत रायलाई हस्तान्तरण गरिने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *