बाजुराको स्वामिकार्तिकमा उपाध्यक्षका लागि पाँच दलद्वारा उम्मेदवारी दर्ता
२ मंसिर २०८१ १६:२९
स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष पदका लागि ५ वटा दलले उम्मेदवारी दर्ता गराएका छन् ।
नेकपा एमालेबाट सुलोचना कुमारी भण्डारी बुढा, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट सुना देवी थापा भोटे धामी, नेपाली काँग्रेसबाट पुल्तिसरा शाही, नेकपा एकीकृत समाजवादीबाट जवा शाही र नेकपा माओवादी केन्द्रबाट राजुकुमारी विकले उम्मेदवारी दर्ता गराएका हुन्।
मुख्या निर्वाचन अधिकृतको कार्यालय स्वामिकार्तिकका अनुसार बिहान १० बजेदेखि ५ बजेसम्म मनोनयन दर्ताको समय तोकेको छ।
उपाध्यक्ष मैना जोशीको २०८० माघ ४ गते निधन भएपछि रिक्त सो पदमा उपनिर्वाचन हुन लागेको हो।
प्रतिक्रिया