जिसस कैलाली प्रमुखमा एमालेले काँग्रेसलाई सहयोग गर्ने
२ मंसिर २०८१ १३:३१
जिल्ला समन्वय समिति कैलालीको प्रमुखमा नेकपा एमालेले आफ्नो उम्मेदवार नउठाउने भएको छ। एमालेले काँग्रेसलाई सहयोग सहयोग गरेर जाने भएको छ।
मंसिर १६ गते हुने समन्वय प्रमुखको निर्वाचनमा काँग्रेसका उम्मेदवारलाई समर्थन गर्न सत्ता दल नेकपा एमाले र काँग्रेसबीच सहमति भएको हो ।
काँग्रेसले प्रमुखमा टीका कुमारी चौधरी (भुल)लाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ । उनको उम्मेदवारी दर्तामा धनगढी उपमहानगरकी उपप्रमुख तथा नेकपा एमालेकी नेतृ कन्दकला राना प्रस्तावक रहेकी छिन् ।
प्रतिक्रिया