उपनिर्वाचन : हेटौंडा–१२ को अध्यक्षमा रास्वपाका बलले गरे मनोनयन दर्ता

आउँदो मंसिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनमा हेटौँडा उपमहानगरपालिका–१२ को अध्यक्ष पदका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का आशा वीर बलले मनोनयन दर्ता गरेका छन् ।

हेटौंडा–१२ स्थित वडा कार्यालयपुगेर बलले मनोनयन दर्ता गराएका हुन् । उनले राजदेव लामाको प्रस्ताव र चन्द्र बहादुर स्याङ्तानको समर्थनमा मनोनयन दर्ता गरेका हुन् ।

गत २०७९ को निर्वाचनमा निर्वाचित भएका माओवादी केन्द्रका ललित घलान जिल्ला समन्वय समिति प्रमुख बनेसँगै हेटौँडा–१२ को अध्यक्ष पद रिक्त रहेको थियो । सो रिक्त पदका लागि मंसिर १६ मा निर्वाचन हुने तय भएको हो । उपनिर्वाचन अन्तर्गत अहिले धमाधर्म मनोनयन गर्ने क्रम चलिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर