रेमिट्यान्समा सबैभन्दा धेरै कर तिर्ने सिटी एक्सप्रेस सम्मानित

सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि रेमिट्यान्समा सबैभन्दा धेरै कर तिर्ने कम्पनी बनेको छ । आर्थिक वर्ष २०७९/८० को आय विवरण अनुसार रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्ये सिटी एक्सप्रेस धेरै कर तिर्ने कम्पनी बनेको हो ।

कम्पनीलाई आज (शनिबार) राष्ट्रिय कर दिवस–२०८१ को अवसरमा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९/८० मा सबैभन्दा बढी कर तिर्ने कम्पनीका रुपमा सम्मान गरेको छ । कम्पनीलाई रेमिट्यान्स तथा मनी ट्रान्सफरको कारोबार गर्नेमध्येबाट सबैभन्दा धेरै आयकर दाखिला गरी राष्ट्रिय विकासमा योगदान पुर्‍याएको भन्दै सम्मान गरिएको हो । सिटी एक्सप्रेसलाई उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सम्मान गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर