सम्मेलनले जलवायु कार्यका लागि नयाँ लक्ष्य तय गर्नेमा विश्वस्त छौँ : सहभागीहरू
अजरबैजानको बाकुमा जारी विश्व जलवायु सम्मेलन कोप—२९ मा एनसिक्युजी (जलवायु कार्यको नयाँ लक्ष्य निर्धारण) का बारेमा युएनएफसिसीका पक्ष राष्ट्रहरुबीचको छलफल चलिरहेको छ । सम्मेलनको यो साताको अन्त्य सम्मको छलफलमा खासै प्रगति हुन सकेको छैन । परिवर्तित सन्दर्भमा जलवायु लक्ष्य प्राप्तिका लागि जलवायु वित्तको रकम बढाउनुपर्छ भन्ने आवाज विकासोन्मुख मुलुकहरूले उठाउँदै आएपनि धनी राष्ट्रहरू अनिच्छुक देखिँदा विषयगत छलफलहरू निष्कर्षमा पुग्न नसकेका हुन् ।
अर्को सातादेखि सम्मेलन राजनीतिक तहमा प्रवेश गर्दैछ । विभिन्न मुद्दा र राष्ट्रको प्रतिनिधित्व गर्दै सम्मेलनमा सहभागी हुन आएकाहरू भने सम्मेलनले सन् २०२५ देखि ३० सम्मका लागि नयाँ लक्ष्य निर्धारण गर्नेमा विश्वस्त छन् । जलवायु वित्तको रकम बढाउने, हानी नोक्सानी कोषको रकम परिचालनको ढाँचा, अनुकूलन कोष वृद्धि तथा परिचालन, न्यूनीकरणमा चाल्नुपर्ने नयाँ पहल कदमीका विषयमा सम्मेलनले ऐतिहासिक निर्णय गर्नुपर्नेमा उनीहरुले जोड पनि दिएका छन् । यसै सन्दर्भमा न्युज एजेन्सी नेपालले सम्मेलनमा सहभागीहरूलाई एनसिक्युजी, जलवायु वित्त तथा हानी नोक्सानी कोष लगायत बारेमा सम्मेलनका वार्ताहरूको प्रगतिका बारेमा प्रतिक्रिया लिएको थियो ।
प्रस्तुत छ, उनीहरूको प्रतिक्रिया जस्ताको तस्तै :
महेश्वर प्रसाद ढकाल
हानी नोक्सानी कोषका वैकल्पिक सदस्य तथा सहसचिव, वन तथा वातावरण मन्त्रालय
हानी नोक्सानी कोषको छलफल र हानी नोक्सानी कोष भन्दा अगाडि गरिने छलफल दुई वटा अलग हलग विधा हुन् । यहाँनेर बुझ्नुपर्ने कुरा के हो भने बोर्डलाई जुन जिम्मेवारी कोप—२८ दुबईमा जुन दिइएको थियो । त्यसको सम्पूर्ण जिम्मेवारी कोषले पूरा गरेको कुरा त कोषका सहअध्यक्ष क्रेस्ट वर्डले नेपालले आयोजना गरेको हाइलेभल पार्टी इभेण्टमा नै भनिसक्नु भयो । अब चौथो बोर्ड मिटिङपछि थप कुराहरू अगाडि बढ्दै जानेछन् । जहाँसम्म यहाँ कोपमा छलफल भएको कुरा छ । हानी नोक्सानी कोषलाई गाइड गर्नको लागि यहाँ सान्टियागो नेटवर्क र वर्षा इन्टरनेशनल मेकानिजमको एग्ज्युकिटिभ कमिटीहरू दुई वटा बडीहरूले काम गर्दछन् ।
वर्षा इन्टरनेशनल मेकानिजम अलिकति ज्ञानको बारेमा, जलवायुजन्य जोखिमहरू, हानी नोक्सानीको बारेमा अलिकति नीतिगत रुपमा छलफल गर्छ भने सान्टियागो नेटवर्कले त्यो हानी नोक्सानी वा जलवायुजन्य जोखिमहरूलाई कसरी आर्थिक र प्राविधिक सहायता गर्न सकिन्छ विकासशील देशहरूलाई भन्नेबारेमा छलफल गर्दछ । सान्टियागो नेटवर्क र वर्षा इन्टरनेशनल मेकानिजमको संयुक्त एक्सपर्ट ग्रुप बनाएर उनीहरुले एएटा रिपोर्ट बुझाएका छन् । त्यो रिपोर्टमा छलफल चलिरहेको छ ।
डा. फरा नौरिन, क्षेत्रीय निर्देशक, मर्सिकोप्स
बाकुमा धेरै वार्तालापहरू भइरहेका छन्, धेरै अपेक्षाहरू पनि छन् । विशेष गरी एनसिक्युजीको लागि महत्वाकांक्षी लक्ष्यहरूका लागि प्रत्येक घण्टामा विभिन्न देशको विशेष तथ्यहरूले नयाँनयाँ बहस भइरहेको छ । यसलाई सकारात्मक नै मान्नुपर्छ । धेरै देशहरूले विश्वव्यापी कार्बन उत्सर्जनमा थोरै योगदान दिएका छन् तर बाढी र तातो हावाको लहरहरू लगायत जलवायु परिवर्तनको प्रभावहरूको निरन्तर सामना गरिरहेका छन् । जसले गर्दा धेरै मानिसहरूको जीवन, जीविकोपार्जन र घरहरूमा नोक्सानी भइरहेको छ । सबैको पुनः स्थापना र पुनः संरचना एकदमै खर्चिलो छ । सबैले धान्न सक्दैनन् । विकासोन्मुख देशहरूले आफ्नो अनुकूलन योजनाहरूले जलवायु कोष प्राप्त गर्नसक्ने अवस्था छैन । मैले धेरै विकासोन्मुख देशहरू जलवायु परिवर्तनबाट असमान रूपमा प्रभावित भएको देखेको छु । यस समयमा एनसिक्युजी साँच्चै महत्वपूर्ण छ किनभने लक्ष्य र लक्ष्यको मात्रा साँच्चै महत्वाकांक्षी हुनु आवश्यक छ । यो उच्च हुनु आवश्यक छ र यो प्रभावित समुदायहरूको आवश्यकताको अनुपातमा हुन पनि आवश्यक छ । एनसिक्युजी मा निर्णय गर्न यो साँच्चै महत्वपूर्ण समय हो । यसले न्यूनीकरण, अनुकूलन र हानि र नोक्सानी समावेश गर्दछ भनेर सुनिश्चित गरिएको हुन्छ । यो वास्तवमै महत्वपूर्ण छ ।
जलवायु परिवर्तनबाट प्रभावित र जोखिममा परेका देशहरूलाई पर्याप्त रकम उपलब्ध गराउन र यो रकम ऋणको रूपमा नआओस् भन्ने हेतुले यो रकम अनुदानको रूपमा उपलब्ध गराउनुपर्छ । यस्ता धेरै उदाहरण छन् जहाँ हामीले देखेका छौँ कि विपद्पछि देशहरूलाई रिकभरीका लागि उपलब्ध रकम ऋणमा बाँधिएको छ जसले देशको ऋण बढ्छ र देशको समग्र विकासमा बाधा पुर्याउँछ । त्यसोभए, एनसिक्युजी, जसले हानि र क्षति र न्युनिकरणलाई बहिष्कार गर्दैन, मलाई लाग्छ, वास्तवमै महत्वपूर्ण छ ।
आयान ए बेनर्जि, साउथ एसिया संयोजक, प्राक्टिकल एक्सन
यो वित्त–विशिष्ट कोप सम्मेलन हो । यहाँ वार्ताहरू चलिरहेको छ । अहिले नै के हुन्छ भन्न सकिन्न । हामी सकारात्मक नतिजाको आशा गर्नसक्छौं । धेरै लामो छलफल गर्नुपर्नेछ । विभिन्न दृष्टिकोण र फरक अनुभव विचारहरू आएका छन्। । वार्तामा धेरै पक्षहरू समावेश भएका हुन्छन् । सबैको विषयमा मिहिन ढंगले छलफल हुन आवश्यक छ । जलवायु कार्यको प्रतिकुल प्रभावहरूको सिकार भएका ग्लोबल साउथका देशहरू विशेष गरी नेपाल र बङ्गलादेश, भारत, इण्डोनेसिया, फिलिपिन्स, र सबै एसियाका देशहरूबाट विवरणहरू आउन सकेको छैन । यो वित्त–विशिष्ट ऋइए सम्मेलन हो । वार्ताहरू चलिरहेको छ । अहिले नै के हुन्छ भन्न सकिन्न । हामी सकारात्मक नतिजाको आशा गर्नसक्छौं । धेरै लामो छलफल गर्नुपर्नेछ । विभिन्न दृष्टिकोण र फरक अनुभव विचारहरू आएका छन् । वार्तामा धेरै पक्षहरू समावेश भएका हुन्छन् । सबैको विषयमा गहन ढंगले छलफल हुन आवश्यक छ । जलवायु कार्यको प्रतिकुल प्रभावहरूको सिकार भएका ग्लोबल साउथका देशहरू विशेष गरी नेपाल र बङ्गलादेश, भारत, इण्डोनेसिया, फिलिपिन्स, र सबै एसियाका देशहरूबाट विवरणहरू आउन सकेको छैन ।
एनसीक्युजीको विषय नेपालका जस्ता धेरै देशहरूको लागि लागि धेरै महत्वपूर्ण छ उदाहरणका लागि जहाँ पुँजी पहुँच गर्न धेरै गाह्रो छ । र व्यावहारिक रूपमा हामी समुदायहरूसँग धेरै नजिक काम गर्नेहरूले यसको अपेक्षा गर्दछौँ । त्यसैले हाम्रो लागि यो धेरै महत्वपूर्ण छ ।
जहाँसम्म जलवायु कार्य अगाडी बढाउन विभिन्न समस्याहरू छन् तर पहिलो माइल हिँडेर नै अन्तिममा पुग्ने हो भन्ने विश्वास राख्न जरुरी छ । एनसिक्युजीले अनिवार्य रूपमा हामीलाई पैसा कसरी प्रवाह हुन्छ भन्ने बारे स्पष्ट गरेको हुन्छ । जलवायु वित्त प्राप्त गर्न थालिएको यो एक जटिल छलफल हो, यसको लागि धेरै विश्वव्यापी साझेदारी, गठबन्धन, कूटनीतिक स्तरमा छलफल आवश्यक छ, आशा गरौँ आगामी हप्ताको अन्त्यमा केही नतिजा आउनसक्छ ।
नोभेम्बर ११ देखि सुरु भएको सम्मेलन २२ सम्म चल्नेछ ।
प्रतिक्रिया