
गौशाला क्षेत्रमा काठमाडौं महानगरले चलायो डोजर


काठमाडौं महानगरपालिकाले गौशाला क्षेत्रका अतिक्रमित संरचनामा डोजर चलाएको छ । आज (शुक्रबार) महानगर प्रहरीको टोलीले गौशाला प्रहरी बिट अगाडिका चार–पाँच वटा घरमा डोजर चलाइसकेको महानगर प्रहरी उपरीक्षक दिनेश अर्यालले जानकारी दिए ।
चक्रपथ विस्तारको जग्गा अतिक्रमण गरी बसेका स्थानीयको घरमा डोजर चलाइएको उनले जानकारी दिएका छन् । अहिले अतिक्रमित चार–पाँच वटा घरहरूमा डोजर चलाएको जानकारी दिंदै उनले भने, ‘अझै अन्य घरहरूमा पनि चलाइने छ ।’ जेठ ६ गते अतिक्रमण गरी बनाइएका घर, टहरा भत्काउन सूचना जारी गरिएता पनि खाली नगरेपछि महानगरले डोजर चलाएको बताएको थियो ।
तर लामो समय बित्दा पनि नहटाएपछि महानगरले डोजर चलाइसकेको छ । डोजर चलाउनुअघि महानगर र स्थानीयबीच छलफल भएको थियो । चक्रपथ सडक सीमा २५ मिटरभित्र बनाइएका पक्की, कच्ची संरचना हटाउने कार्यअन्तर्गत शुक्रबार यस क्षेत्रमा डोजर चलाइएको महानगरले बताएको छ । सडक विभागका अनुसार अतिक्रमण गरेर सडक सीमामा बनेका घरहरूलाई स्थानीय सरकारको अग्रसरतामा हटाउन लागिएको हो ।
- परराष्ट्रमन्त्रीद्वारा ट्रम्पका सुरक्षा निर्देशकसँग भेटवार्ता, विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह
- राजनीतिक अस्थिरता जनताको लागि अपाच्य : महासचिव चन्द
- ज्ञानेन्द्रलाई भिलेनको संज्ञा दिँदै प्रचण्डले भने- राजनीतिक दललाई धोका नदिएको भए राजतन्त्र टिक्न सक्थ्यो
- ७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
प्रतिक्रिया