रास्वपा लक्षित प्रधानमन्त्रीको टिप्पणी- टुप्पाबाट पलाएकाहरूको तथ्यहीन गाली सुहाउँदैन

प्रधानमन्त्री केपी शर्मा ओलीले कार्यान्वयनको १० वर्ष पुगेपछि संविधानमाथि  समीक्षा र मूल्याङ्कन हुने बताएका छन् । कान्तिपुर कन्क्लेभ २०२४ को समापन सत्रको परिसंवादमा प्रधानमन्त्री ओलीले लोकतान्त्रिक व्यवस्था, गणतन्त्र र संघीयताका मूल मर्ममा तलमाथि नहुने स्पष्ट पारे ।

मुलुकमा स्थिरता, सुशासन र विकासका लागि वर्तमान सत्ता समीकरण बनेकाले यसलाई सार्थक बनाउने बताउँदै उनले कुनै पनि दलको बहुमत नभएको अवस्थामा  लोकतान्त्रिक व्यवस्थाका लागि आन्दोलन गरेका मुख्य दल नेपाली कांग्रेस र नेकपा एमालेबीच सहकार्य भएको बताए ।

अब एक वर्ष आठ महिनापछि आफूले कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने उनले बताए । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका क्रममा हिरासतमा  लिइएको सन्दर्भमा सोधिएको प्रश्नमा प्रधानमन्त्री ओलीले संसदीय समितिको प्रतिवेदनका आधारमा पक्राउ परेकाले दोष र निर्दोषको फैसला अदालतले गर्ने बताए ।

‘म भ्रष्टाचार गर्दिनँ र गर्न दिन्न भन्ने दृढतामा स्पष्ट छु । गल्ती गर्नेमाथि  कारबाही गर्नुपर्दा  मान्छेको अनुहार हेर्दिनँ भनेको छु’, प्रधानमन्त्री ओलीले भने, ‘हामी लोकतन्त्रका लागि लामो जेलनेल भोगेर आएका हौं । देश ब्याक गेयर लगाएर पछाडि फर्कन सक्दैन । नयाँ  पुस्ताका नाममा टुप्पाबाट पलाएकाहरूले तथ्यहीन आधारमा गाली गरेको सुहाउँदैन । न्यायालयको कामलाई दबाब र झुठको प्रचारबाट प्रभावित पार्न खोज्नु उचित होइन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर