जंगी अड्डामा लिगल सेमिनार सम्पन्न

सेना प्राड विवाक स्थापनाको ६२ औँ वार्षिकोत्सवको अवसरमा नेपाली सेनाको मुख्यालय जंगी अड्डामा लिगल सेमिनार २०८१ संचालन भएको छ । मंगलवारबाट सुरु भएको सेमिनार आज (बिहिवार) सम्पन्न भएको हो ।

प्राड उपरथी जीवन प्रसाद दाहालले शुभारम्भ गरेको सेमिनारको प्रधानसेनापति अशोक राज सिग्देलले समापन गरेका हुन् ।

नेपाली सेनामा कार्यरत कानुन अधिकृतहरुको सैनिक न्याय प्रणाली तथा कानुन कार्यान्वयन सम्बन्धी ज्ञान अभिवृद्धि गर्न हरेक वर्ष सेमिनार हुँदै आएको छ । चार दिवसीय सेमिनारमा नेपाल प्रहरी तथा महान्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिहरू, उच्च अदालतका पूर्व न्यायाधीश, सेना प्राड विवाकका पूर्व प्रमुखहरू लगायतका विषयविज्ञहरुबाट सम्बद्ध विषयहरूमा प्रस्तुतीकरण भएको थियो ।

सेमिनारको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापतिले कानुन अधिकृतहरूले आफूलाई प्राप्त जिम्मेवारी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानुनको परिधिमा रही सम्पादन गर्न निर्देशन दिए । समापनमा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतहरूको उपस्थिति रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर