बुटवल–नारायणगढ सडकको ठेक्का तोडेर मन्त्रालय अघि बढ्छः भौतिकमन्त्री दाहाल

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले प्रधानमन्त्रीको निर्देशनको आधारमा बुटवल–नारायणगढ सडकको ठेक्का तोडेर मन्त्रालय अघि बढ्ने बताएका छन्।

बिहीबार नारायणगढ–बुटवल सडकखण्ड क्षेत्रमा पर्ने जिल्लाका जनप्रतिनिधिहरूले निर्माण कार्यमा लापरवाही भएको विषयमा प्रधानमन्त्रीलाई ध्यानाकर्षण पत्र बुझ्ने कार्यक्रममा उनले यस्ताे बताएका हुन्।

उनले सरकारले समयमा भुक्तानी दिएपनि कम्पनीले काम सुरु नगरेकाे बताए। उनले भने, ‘सरकारले भुक्तानी दिने काममा तलमाथि गरेका छैनौ। समयमा ठेक्का सम्झौताअनुसार काम सक्न बारम्बार भन्दै आएका छाैँ। तर पनि काम शुरु भएको छैन। पछिल्लो पटक निर्माण कम्पनीको अधिकार सम्पन्न व्यक्तिले एसएमएस पठाएको छ। डिसेम्बरको अन्तिमसम्ममा काम सुरु गर्छौँ भनेको छ। त्यसमा विश्वास गर्ने कि नगर्ने अवस्था छ।’

मन्त्रालयले बुटवल–नारायणगढ सडक निर्माण कम्पनीलाई लक्ष्य निर्धारण गरेर तिहारपछिबाट काम गर्ने निर्देशन दिएकाे थियाे।

उनले एडीबीको ऋणबाट सञ्चालित आयोजना भएकाले चीनमा निर्माण कम्पनीको कार्यालयमा गएर ताकेता समेत गरिएको बताए।

उनले भने, ‘मन्त्रालयले बुटवल–नारायणगढ सडक निर्माण कम्पनीलाई लक्ष्य निर्धारण गरेर तिहारपछिबाट काम गर्ने निर्देशन दिएका थियौँ। तर काम थालनी भएको छैन। एडीबीको ऋणबाट सञ्चालित आयोजना भएकाले चीनमा गएर निर्माण कम्पनीको कार्यालयमा गएर ताकेता समेत गर्‍याैँ। निर्माण कम्पनी ७ अर्ब रकम पठाएकाले अब पठाउन सक्दैनौ भनिरहेको थियो।’

मन्त्रालयले डिसेम्बरबाट कम्पनीले सडक निर्माणको काम थालनी गरे उक्त कम्पनीलाई काम गर्ने दिने तयारी गरेको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर