१५ अर्बमा स्तरोन्नति गरिँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)ले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्तरोन्नतिको काम अघि बढाएको छ। एसियाली विकास बैंकबाट सहयोग लिई करिब १५ अर्ब रूपैयाँको लगातमा स्तरोन्नतिको काम भइरहेको छ ।

आइकाओको मापदण्डअनुसार विमानस्थलभित्र विभिन्न क्षेत्रलाई संवेदनशील क्षेत्रका आधारमा वर्गीकरण गरी स्तरोन्नति गर्न लागिएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ विस्तार भइरहेको आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले बताए।

करिब तीन वर्षदेखि विमानस्थल स्तोरन्नतिको काम भइरहेकोमा अबको पाँच महिना भने विमानस्थलको एकदमै संवेदनशील क्षेत्रमा काम हुने आयोजना प्रमुख श्रेष्ठले बताए। ‘विमानस्थल विस्तारको काम तीन वर्षदेखि नै भइरहेको छ’, उनले भने, ‘अहिले विमानस्थलको ट्याक्सी वे’,‘इन्टरनेसनल एप्रोन’ र ‘ह्याङ्गर एप्रोन’ जुन एकदमै संवेदनशील क्षेत्रहरू हुन्, त्यसको काम भइरहेको छ ।’

उनले रनवेबाट दायाँबायाँ ७५ मिटर दूरीसम्मको क्षेत्र अति संवेदनशील भएकाले सुरक्षा संवेदनशीलतालाई विचार गरी सो क्षेत्रभित्र काम भइरहेको बताए।

रनवेबाट दायाँबायाँ ७५ मिटर दूरीसम्मको विमानस्थल सञ्चालनमा रहेको समयमा निर्माण कार्य गर्ने उपकरण चलाउन मिल्दैन। आयोजना प्रमुख श्रेष्ठका अनुसार ७५ मिटरभित्र आठ स्थानमा नयाँ एक्जिट ट्याक्सी वे जोड्नुपर्ने भएकाले १० घण्टा विमानस्थल बन्द गरेर र ७५ मिटरभन्दा बाहिरको क्षेत्रमा भने रात, दिन गरी निर्माण कार्य काम भइरहेको छ।

‘अबको पाँच महिना विमानस्थल रनवेबाट ७५ मिटर क्षेत्रभित्र काम हुन्छ’, उनले भने, ‘त्यसपछि संवेदनशील क्षेत्रको काम सकिन्छ र विमानस्थल सधैं खुला हुन्छ ।’ स्तरोन्नतिपछि २० देखि २५ प्रतिशत धावनमार्गको क्षमता वृद्धि हुने पनि उनले बताए।

प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेसनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’ गरी तीन क्षेत्रको विमानस्थलको स्तरोन्नतिको काम भइरहेको छ। आयोजना प्रमुख श्रेष्ठले उत्तरतर्फ रनवेबाट पाँच सय मिटर र दक्षिणतर्फ १२ सय मिटरसम्म ‘ट्याक्सी वे’ छैन। साथै रनवे र ‘ट्याक्सी वे’ बीचमा आयल निगमका गाडीहरू हुन्छन्। जसले गर्दा ‘ट्याक्सी वे’ मा अवरोध हुन्छ।

यस्तै अहिलेको ‘ट्याक्सी वे’ आइकाओको मापदण्ड अनुसार छैन। ‘ट्याक्सी वे’ स्तरोन्नति भएपछि ट्याक्सीहरू रनवेसम्मै पुगेर यात्रुहरूलाई लिन र पुर्‍याउन सकिन्छ। जसले गर्दा रन वे चाँडै खाली हुने र अन्य उडानहरूले अवतरण गर्न समय पाउने उनले बताए। यो समाचार नागरिक दैनिकमा छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर