रास्वपाले टुङग्यायो उपनिर्वाचनका उम्मेदवार, को कहाँबाट ? (सूचीसहित)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आउँदो मंसिर १६ गतेका लागि तय भएको स्थानीय तह उपनिर्वाचनको उम्मेदवार टुङ्गो लगाएको छ । पार्टीका तर्फबाट भाग लिने उम्मेदवार चयन गर्न पार्टीको विधानको धारा ७१ बमोजिम सञ्चालन गरिने प्रारम्भिक निर्वाचनको पूर्व प्रकाशित तालिकाअनुसार आकांक्षी उम्मेदवारबीच छलफल र पार्टीको स्थानीय नेतृत्वको सिफारिसपछि उम्मेदवार छनोट गरिएको पार्टीको स्थानीय तह उपनिर्वाचन संयोजन समितिले जनाएको हो ।

उम्मेदवार प्रारम्भिक निर्वाचनमा निर्वाचित भई पार्टीको तर्फबाट आसन्न उपनिर्वाचनमा ‘घण्टीवाहक’ उम्मेदवारका रुपमा चयन गरिएको प्रतिनिधिसभा सदस्य समेत रहेका समितिका संयोजक गणेश पराजुलीले जानकारी दिएका छन् । रास्वपा सभापति रवि लामिछाने अहिले सहकारीको रकम अपचलनको आरोपमा पक्राउपछि अनुसन्धानमा छन् ।

उनलाई काठमाडौबाट पक्राउ गरी पोखरा हुँदै अहिले रुपन्देही लगेर बयान लिन काम भइरहेको छ । अहिले पनि रुपन्देहीस्थित सरकारी वकिलको कार्यालयमा उनको बयान जारी छ । रास्वपा सभापति लामिछानेको पक्राउपछि चरणवद्ध आन्दोलन गरिरहेको रास्वपाले संघर्षका कार्यक्रमसँगै उपनिर्वाचनको समेत तयारी गरिरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर