कुलमान घिसिङले पत्रकार सम्मेलन गर्दै
नेपाल विद्युत प्राधिकरणले कात्तिक ८ गते काटेका उद्योगहरूमा लाइन जोडेको छ । मन्त्रिपरिषदको २४ घण्टे अल्टिमेटमपछि मंगलबार बोर्ड बैठक बसेर प्राधिरणले लाइन जोडेको हो । मंगलबार रातिदेखि लाइन जोड्न क्षेत्रीय कार्यालयहरूलाई निर्देशन दिइएको प्राधिकरण प्रवक्ता चन्दनकुमार घोषले जानकारी दिए ।
प्राधिकरणले पत्रकार सम्मेलन गरेर यसबारे थप जानकारी दिने तयारी गरेको छ । प्राधिरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज दिउँसो २ बजे पत्रकार सम्मेलन गर्दैछन् । हिजो (मंगलबार) मात्र प्राधिकरण सञ्चालक समिति बैठकले बक्यौता दिन बाँकी उद्योगसँग रकम बिस्तारै उठाउँदै गर्ने र लाइन भने तत्काल जोड्ने निर्णय गरेको थियो ।
जसप्रति विद्युत् प्राधिरकणका कार्यकारी निर्देशक कुलमान घिसिङले असहमति जनाउँदै आएका थिए । तर ती उद्योगमा लाइन जोडिएकै दिन बुधबार प्राधिरकरणका कार्यकारी निर्देशक घिसिङले भने पत्रकार सम्मेलन गर्ने भएका छन् । प्राधिकरणले कात्तिक ८ गते बक्यौता नतिर्ने ३४ उद्योगको लाइन काट्ने भनेको थियो । तर तीमध्ये ७ उद्योग किस्ताबन्दीमा बक्यौता तिर्न तयार हुँदै कात्तिक ८ अघिबाटै रकम तिर्न थालेपछि लाइन काटिएको थिएन ।
- ७६३ जना प्रहरी जवान सहायक हवल्दारमा बढुवा (सूचीसहित)
- लहडको भरमा निर्णय लिँदा विमानस्थलहरूबाट प्रतिफल प्राप्त भएन : माधव नेपाल
- ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सव, सुरक्षित डिजिटल बैंकिङ सेवा विस्तार गर्न अध्यक्ष ढकालको जोड
- ग्लोबल आइएमई बैंकको १८औं वार्षिकोत्सव : फोनपे क्यूआरमा आवद्ध मर्चेन्टलाई विषेश उपहार योजना
प्रतिक्रिया