सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई ‘बाघ’को संज्ञा दिएका छन् ।
सरकारी वकिलको कार्यालय रुपन्देहीमा बयान दिएर बाहिरिने क्रममा खोरमा थुनिँदैमा बाघ कहिल्यै स्याल नहुने बताए ।
उनले भने– ‘खोरमा थुनिँदैमा बाघ कहिल्यै स्याल हुँदैन ।’
सहकारी ठगी प्रकरणमा पक्राउ परेका सभापति लामिछाने २६ दिनदेखि प्रहरी हिरासतमा छन् । लामिछानेमाथि सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान भइरहेको छ ।
बयानकै लागि लामिछानेलाई पोखराबाट आजै बुद्ध एयरको विमान मार्फत भैरहवा पुर्याइएको थियो । लामिछानेसँग जिल्ला सरकारी वकिलको कार्यालयमा आज दिनभरि बयान लिइएको छ ।
प्रतिक्रिया