नेपाल एसबिआई बैंक लिमिटेड र एईसीसीबिच सम्झौता

नेपाल एसबिआई बैंक लि र एईसी ग्लोबल नेपाल प्रालि (एईसीसी) बिच विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरू लक्षित शैक्षिक कर्जा सहज रूपमा प्रदान गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

उक्त सम्झौता पत्र, बैंकका तर्फबाट प्रमुख कर्जा अधिकृत अर्जुन नेपाल र एईसीसीका तर्फबाट निर्देशक अजित सिंहबिच आदान प्रदान भएको हो । यस सम्झौताले विदेशमा अध्ययनका लागि जाने विद्यार्थीहरूलाई शैक्षिक कर्जा प्राप्त गर्ने प्रक्रियालाई सहज बनाउने लक्ष्य राखेको छ ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर