रवि लामिछानेलाई बुटवल लगियो

सहकारी ठगी प्रकरणमा पक्राउ परेका रास्वपाका सभापति रवि लामिछानेलाई बुटवल लगिएको छ ।

लामिछानेलाई बयानका लागि बुटवल लगिएको हो । उनलाई पोखराबाट बुद्ध एयरको जहाजमार्फत बुटवल लगिएको हो ।

बुटवलको सुप्रिम सहकारी ठगीमा लामिछानेको संलग्नता रहेको आरोप छ । उक्त प्रकरणमा जिल्ला अदालत रुपन्देहीबाट पक्राउ पुर्जी जारी भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर