यु-१९ महिला विश्वकप क्रिकेट : नेपालले दियो थाइल्यान्डलाई १४० रनको लक्ष्य

आइसिसी यु-१९ महिला विश्वकप क्रिकेट एसिया छनोटमा नेपालले थाइल्यान्डलाई १४० रनको लक्ष्य प्रस्तुत गरेको छ।

युएईमा आइतबार जारी खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गरेको हो। नेपालले २० ओभरमा ९ विकेटको क्षतिमा १३९ रन बनाएको हो।

सना प्रविनले ५३ रन, साबित्री धामीले २८ रन र सोनी पाख्रिनले १९ रन बनाएकी छिन्।

छनोटमा नेपालको यो चौथो खेल हो।

गत बुधबारदेखि सुरु भएको प्रतियोगितामा नेपालले पहिलो खेल थाइल्याण्डसँग खेलेको थियो। उक्त खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो।

नेपालले आफ्नो दोस्रो खेल बिहीबार कुवेतसँग खेलेको थियो। उक्त खेलमा नेपालले कुवेतलाई १०८ रनले हराएको थियो।

यसैगरी शनिबार खेलेको तेस्रो खेलमा नेपाल युनाइटेड अरब इमिरेट्स (युएई)सँग पराजित भएको थियो। उक्त खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको हो।

प्रतियोगितामा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन्।

प्रत्येक टोलीले एकअर्कासँग दुई दुई खेल खेल्ने छन्। सहभागी चार टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली आइसीसी यु–१९ महिला टि–२० विश्वकपका लागि छनोट हुनेछ। यु–१९ विश्वकप क्रिकेट प्रतियोगिता अर्को वर्ष जनवरीमा मलेसियामा आयोजना हुँदैछ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *