मानव तस्करीमा मुछिएका एमाले नेता अधिकारी पक्राउ

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री लिलावल्लभ अधिकारी पक्राउ परेका छन् ।

उनलाई विराटनगरस्थित निवासबाटै पक्राउ गरिएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंको अनुरोधमा उनलाई पक्राउ गरिएको स्रोतले बतायो । उनलाई विराटनगरबाट १ः३० बजेको विमानमा काठमाण्डौं ल्याउन लागिएको छ।

कोशी प्रदेशका तत्कालिन आन्तरिक मामिलामन्त्री अधिकारीलाई मानव तस्करीको आरोप लागेको छ । मन्त्रिपरिषदबाट भ्रमण स्वीकृत नगराई उनी जापान गएका थिए । उनीसँगै अन्य ३ जना व्यक्ति पनि जापान गएका थिए । तर जापानको अध्यागमनले उनलाई विमानस्थलबाट फर्काइदिएको थियो ।

मानव तस्करको योजना अनुसार मन्त्री जापान पुगेको भन्दै विरोध भएपछि उनले मन्त्री पदबाट राजीनामा दिएका थिए । उनलाई शनिबार एमालेको कोशी प्रदेश कमिटीले राष्ट्रिय प्रतिनिधि परिषद सदस्य तथा पार्टीको संगठित सदस्यबाट निलम्बन गरेको थियो । शनिबारको सचिवालय बैठकले प्रदेश कमिटीको उक्त निर्णयलाई अनुमोदन गरेको थियो । उनीसँगै जापान गएकाहरुलाई पक्राउ गरेर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

अधिकारीले भने आफूलाई फसाइएको दाबी गरेका छन् ।

 

प्रतिक्रिया

2 thoughts on “मानव तस्करीमा मुछिएका एमाले नेता अधिकारी पक्राउ

  1. मलाई केइ थाहा छैन म बच्चा हो अहिले कच्चा हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *