सहकारी ठगबाट पैसा असुल गरी पीडितको पैसा फिर्ता गर्छौं : मन्त्री यादव
खानेपानीमन्त्री प्रदीप यादवले सरकारले सहकारी ठगहरुबाट असुलउपर गरेर सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउने बताएका छन् ।
शनिबार काठमाडौँमा राष्ट्रिय फोटो पत्रकार समूह, नेपालको २७ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाएका हुन् ।
उनले वर्तमान सरकारले राम्रो सन्देशसहित राम्रो काम गरिरहेको उल्लेख गरे । उनले देशमा सहकारी पीडित नागरिकहरु धेरै भएको भन्दै सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउनको निमित्त सरकारको कदम अघि बढेको दाबी गरे ।
उनले अहिले ६ सय जना भन्दा बढी सहकारी ठगलाई प्रहरी कस्टडीमा सरकारले ल्याएको बताए । गल्ती गर्नेहरु ठूला राजनीतिक दलहरु नै भएपनि सरकारले नछोड्ने बताए ।
जुलुस आन्दोलन गरेर सहकारी पीडितले न्याय नपाउन् भन्ने हेतुबाट काम भइरहेको रास्वपा लक्षित टिप्पणी गरे । उनले सहकारी ठगबाट पैसा असुल गरेर सहकारी पीडितको पैसा सरकारले फिर्ता गराउने बताए ।
वर्तमान सरकारले गल्ती गर्नेलाई छुट नदिने उनले बताए । ‘देशमा सहकारी पीडित नागरिक धेरै भएका छन् । सहकारी पीडित नागरिकको पैसा फिर्ता गराउनको निमित्त सरकारको कदम अघि बढेको छ । त्यसको निमित्त अहिले ६ सय जना भन्दा बढी सहकारी ठगलाई प्रहरी कस्टडीमा सरकारले ल्याएको छ । त्यसमा तपाईंहरुको साथ र सहयोग चाहेका छौँ । गल्ती गरेको छ भने ठूलो राजनीतिक व्यक्ति पनि पर्छ’ उनले भने,’जुनकुनै पार्टीको भएपनि गल्ती गर्ने कानूनी दायरामा आउँछ । यसमा इफ बट छैन । यहाँ जुलुस आन्दोलन गरेर सहकारी पीडितले न्याय नपाउन् भन्ने हेतुबाट काम भइरहेका छन् । तर सरकार डराउँदैन । सरकारले काम अघि बढाइसकेको छ । ६ सय भन्दा बढी सहकारी ठगहरुलाई अहिले प्रहरी कस्टडीमा पुर्याइसकेको छ । सहकारी ठगबाट पैसा असुल गरेर सहकारी पीडितको पैसा सरकारले फिर्ता गराउँछ ।’
प्रतिक्रिया