
पाकिस्तान रेलवे स्टेसनमा भएको विस्फोटमा मृत्यु हुने २५ पुगे


पाकिस्तानको बलुचिस्तानअन्तर्गत क्वेटा सहरस्थित रेलवे स्टेसनमा भएको विस्फोटमा परी मृत्यु हुनेको संख्या २५ पुगेको छ। उक्त हमलाको जिम्मेवारी बलुच लिबरेसन आर्मीले लिएको बीबीसीले जनाएको छ। विस्फोटमा हालसम्म ४६ जना घाइते भएको बताइएको छ।
अधिकारीहरूले मृतकको संख्या बढ्न सक्ने आशंका व्यक्त गरेका छन्। प्लेटफर्ममा १५० देखि २०० मानिस जम्मा भएको बेला विस्फोट भएको पाकिस्तानी प्रहरी प्रहरीले जनाएको छ।
बलुचिस्तानका मुख्यमन्त्रीले घटनाको निन्दा गर्दै आतंकवादी घटनाका जम्मेवार व्यक्तिहरूलाई नछाडिने बताएका छन्। इजरायली सेनाले गरेको पछिल्लो हवाई हमलामा दक्षिणपश्चिमी लेबनानी सहर टायरमा तीन जनाको मृत्यु हुनुका साथै अन्य ३० जना घाइते भएको लेबनानी सेना स्रोत र स्वास्थ्य मन्त्रालयले जनाएको छ।
दुई इजरायली लडाकु विमानहरूले मध्य टायरका दुई भवनहरूमा आक्रमण गरेका थिए। यसले ठूलो आगो निम्त्यायो र नजिकैको अपार्टमेन्टहरूलाई ठूलो क्षति पुर्याएको अन्तर्राराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
घाइतेहरूलाई स्थानीय अस्पतालहरूमा पुर्याएको छ। मृत्यु हुनेको सङ्ख्या बढ्ने अनुमान गर्दै अस्पतालहरूले रक्तदानको लागि तत्काल आह्वान गरेका छन्।
- ज्ञानेन्द्रलाई भिलेनको संज्ञा दिँदै प्रचण्डले भने- राजनीतिक दललाई धोका नदिएको भए राजतन्त्र टिक्न सक्थ्यो
- ७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
- परराष्ट्रमन्त्रीद्वारा युक्रेनका विदेशमन्त्रीसँग वार्ता, युक्रेनी सेनाको कब्जामा रहेका ७ नेपालीलाई मुक्त गर्न माग
- पश्चिमा देशहरूले फरक-फरक किसिमको व्यवहार गर्दा विश्वको शान्ति खल्बलियो : विश्व नेताहरू
प्रतिक्रिया