भारी वर्षाका कारण जापानमा आपत्कालीन चेतावनी जारी

जापानी मौसम विज्ञान विभागले कागोसिमा र ओकिनावामा भारी वर्षाको कारण देखाउँदै शनिबार आपत्कालीन चेतावनी जारी गरेको छ । जसमा बाढी पहिरोलगायतका जोखिमको सम्भावना उल्लेख गर्दै अधिकतम सावधानी अपनाउन आवाह्नन गरिएको  छ ।

विभाग अनुसार प्रतिकुल मौसमले कागोसिमाको योरोन सहर ओकिनावा प्रान्तमा अस्थिर वायुमण्डलीय अवस्था सिर्जना गर्दा भारी वर्षा भएको हो । योरोनमा, २४–घण्टामा ५९४ मिमी वर्षा भएको छ जुन सन् १९७८ मा डाटा सङ्कलन सुरु भए देखिको सबैभन्दा बढी हो ।

ओकिनावाको हिगाशी गाउँमा २४ घण्टामा ४४२ मिमीको वर्षा रेकर्ड भएको जनाउँदै स्थानीय अधिकारीहरूले बाढी प्रभावित क्षेत्रमा पहिरोको जोखिम रहेको रिपोर्ट गरेका छन् भने साँझसम्म गम्भीर वर्षा हुने अनुमान गरिएको छ ।

यस क्षेत्रकाका बासिन्दाहरूलाई सम्भावित बाढी–पहिरो र नदीको बढ्दो स्तरका लागि सतर्क रहन सूचित गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ताजा खबर