यी हुन् पुग्नैपर्ने चारधाम
हिन्दुहरुको आस्थाको केन्द्रबिन्दु भएका र पुग्ने पर्ने अनेकौं मठ मन्दिरहरु छन् । ती मध्ये सबैभन्दा महत्वपूर्ण चारधामलाई मानिन्छ । जिवनमा एक पटक भए पनि चार धामको यात्रा गर्नुपर्छ भन्ने गरिन्छ । केदारनाथ, बद्रीनाथ , यमोनत्री र गगोत्री यी धाम भारतमा रहेका छन् । यी तीर्थमा पुगि पुजाआजा गरे मोक्ष प्राप्ति हुने धार्मिक विश्वास छ । आज हामी यी मुख्य चार धामको विषयमा चर्चा गछौँ ।
बद्रीनाथ धाम : भारतको उत्तरमा अलकनन्दा नदीको किनारमा अवस्थित बद्रीनाथ धाम भगवान विष्णु प्रति समर्पित छ । मर्यादा पुरुषोत्तम भगवान राम स्वंयमले यो स्थानको स्थापना गरेको धार्मिक विश्वास छ । यो पवित्र स्थानमा अचल ज्ञान ज्योतिको प्रतीकका रूपमा अखण्ड दीप प्रज्वलन गरिन्छ र यहाँ नरनारायणको पूजा हुन्छ । बद्रीनाथ धाम पुजा र दर्शनका लागि ६ महिना खुला रहन्छ । हरेक वर्ष अप्रिलको अन्तिम दिन वा मे महिनामा यो मन्दिरको ढोका खोलिन्छ । यो मन्दिर नोभेम्बरको दोस्रो सातासम्म खुला रहन्छ । त्यसपछि यो मन्दिरको ढोका ६ महिनासम्म बन्द रहन्छ ।
केदारनाथ : केदारनाथ मन्दिर उत्तरी भारतको एक पवित्र तीर्थस्थल हो, जुन समुद्र सतहबाट ३५८४ मिटरको उचाइमा मंदाकिनी नदीको किनारमा अवस्थित छ। यस क्षेत्रको ऐतिहासिक नाम ूकेदार खण्ड हो। केदारनाथ मन्दिर उत्तराखण्डको चार धाम र पंच केदारको एक हिस्सा पनि हो ।
यमुनोत्री धाम : यमुनोत्री धाम यमुना नदीको स्रोत र हिन्दू धर्ममा देवी यमुनाको आसन हो। यो भारतको उत्तरकाशी जिल्लाको गढवाल हिमालयमा ३,२९३ मिटर (१०,८०४ फिट) को उचाइमा अवस्थित छ। यो उत्तराखण्डको चार धाम तीर्थस्थलका चार स्थलहरू मध्ये एक हो। यमुनोत्रीको पवित्र किल्ला, यमुना नदीको स्रोत, गढवाल हिमालयको सबैभन्दा पश्चिमी मन्दिर हो । जुन बन्दर पुन्च पर्वतको एक टुप्पोमा अवस्थित छ। राष्ट्रिय राजमार्ग नं ९४ हुँदै यमुनोत्री पुग्न सकिन्छ ।
गंगोत्री धाम : हिन्दू धर्ममा गंगोत्री धामको इतिहासको विशेष महत्व छ । धार्मिक ग्रन्थका साथसाथै पौराणिक कथाहरूमा पनि गंगोत्री धामको महत्व पाइन्छ। ऐतिहासिक तथ्यका आधारमा गंगा नदी स्वर्गबाट अवतरण भई पृथ्वीलाई पहिलो पटक छोएको ठाउँ गंगोत्री हो भन्ने छ । पवित्र गंगोत्री धाम मन्दिर उत्तराखण्डको उत्तरकाशी जिल्लामा अवस्थित छ।
प्रतिक्रिया