
गंगोत्रीबाट पशुपतिनाथका लागि गंगाजल लिएर आउने


भारतको उत्तराखण्डस्थित गंगोत्रीबाट पशुपतिनाथ मन्दिरका लागि चढाइने गंगाजल लिएर एक टोली शनिबार गोरखपुर हुँदै काठमाडौं आउने भएको छ। गंगोत्रीधामका प्रमुख रावल शिवप्रकाश महाराजको नेतृत्वमा १० जना सन्तहरूको टोली एक हजार एक सय लिटरको कलशमा गंगाजलको घडा लिएर आउन लागेको हो।
टोली १९ कात्तिकमा गंगोत्रीबाट हरिद्वार, मुरादावाद, बरेली, लखनउ, काशी, गोरखपुर हुँदै सुनौली नाकाबाट नेपाल आउने भएको छ । टोली शनिबार बिहान ११ बजे गोरखपुरबाट सुनौली नाकातर्फ प्रस्थान गरेर साँझ नारायणघाटको हनुमान मन्दिरमा वास बस्नेछ । आइतबार साँझ कलशयात्रा काठमाडौं आइपुग्नेछ ।
कार्यक्रम तालिकाअनुसार सोमबार बैंकटेश्वर मन्दिरबाट पशुपतिनाथ मन्दिरपरिसरमा कलशयात्रा पुग्नेछ भने पशुपति क्षेत्र विकास कोषका पदाधिकारीसहितको उपस्थितिमा पशुपतिनाथको जलाभिषेक हुनेछ । गंगोत्रीधामको टोली मंगलबार भारत फर्किने कार्यक्रम रहेको छ ।
- परराष्ट्रमन्त्रीद्वारा ट्रम्पका सुरक्षा निर्देशकसँग भेटवार्ता, विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह
- राजनीतिक अस्थिरता जनताको लागि अपाच्य : महासचिव चन्द
- ज्ञानेन्द्रलाई भिलेनको संज्ञा दिँदै प्रचण्डले भने- राजनीतिक दललाई धोका नदिएको भए राजतन्त्र टिक्न सक्थ्यो
- ७ अंकले घट्यो नेप्से, कारोबार रकम पनि घट्यो
प्रतिक्रिया