
काठमाडौँमा गुञ्जिँदै ‘कन्दरा’


पछिल्लो समय नेपाली गीत सङ्गीतमा साङ्गीतिक समूहको सक्रियता बढ्न थालेको छ। ‘नेपथ्य’, ‘१९७४ एडी’ लगायतका साङ्गीतिक समूहले विश्व भ्रमण गरिसक्दा पोखरेली लोकपप रक साङ्गीतिक समूह ‘कन्दरा ब्याण्ड’ ले नेपालबाट भ्रमणको सुरुआत गर्दैछ।
आफ्नो ३२ वर्षको साङ्गीतिक यात्रामा पहिलोपटक काठमाडौँमा गुञ्जिँदै ‘पहिले घरदेश, अनि परदेश’ अभियान सुरू गरिने ‘कन्दरा ब्याण्ड’ का गायक (भोकलिस्ट) विवेक श्रेष्ठले जानकारी दिए।
उनले भने, ‘हामीले सङ्गीत रुचाउने युवाको समूह स्थापना गरेर विश्वभर प्रस्तुति (कन्सर्ट) दिए तापनि काठमाडौँमा पहिलोपटक गुञ्जिँदै छौँ। हामीले यहाँ एउटा पनि कार्यक्रम गरेका थिएनौँ, हामी आफैँ अच्मित छौँ। त्यसकारण यो विश्व भ्रमणको सुरुआत काठमाडौँबाट गर्ने भएका छौँ, यो प्रस्तुति अविष्मरणीय बनाउन हामीले कुनै कसर बाँकी राख्ने छैनौँ।’
कन्दराले कात्तिक शनिबार ठमेलस्थित एक क्लबमा आफ्नो साङ्गीतिक प्रस्तुति दिँदैछ। त्यसपश्चात् चितवन, बुटवल र नेपालगञ्जमा दिने तय भएको गायक श्रेष्ठले जानकारी दिए। नेपालपछि आउँदो वर्ष सन् २०२५ मा प्रस्तुतिका लागि विश्व भ्रमणमा निस्किने छ। यस समूहमा ‘ड्रम्स’मा सुनील थापा,‘लिड गितार’मा देव लामा छन्।
- प्रदर्शन स्थलबाट दुर्गा प्रसाईंलाई पक्राउ गर्न सम्भव भएन, अब चाँडै नै पक्राउ पर्छन् : प्रहरी
- रवीन्द्र मिश्र र धवलशमशेर राणा सहितलाई ६ दिन हिरासतमा राख्न म्याद थप
- तीनकुनेमा किन चलाइयो गोली ?, प्रहरीले दियो यस्तो प्रष्टीकरण
- महामन्त्री शर्माको प्रश्न- राज्यसँग ४ हजार भीडको व्यवस्थापन गर्ने क्षमता पनि नभएको हो ?
प्रतिक्रिया