रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ । बैठक शनिबार बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बस्ने भएको हो ।

बैठकमा समसामयिक राजनीतिक र स्थानीय तह उपनिर्वाचन परिचालनका विषयमा छलफल हुनेछ ।

यस्तै, पार्टीको सांगठनिक गतिविधि, आगामी राजनीतिक सहकार्यका न्यूनतम मुद्दा र संघर्षका मोडालिटीबारे छलफल हुने कार्यवाहक प्रवक्ता मनिष झाले बताए ।

स्थानीय तह उपनिर्वाचन परिचालन र विविध विषयमा छलफल गर्न बैठक बोलाइएको झाले जानकारी दिए । पार्टी सभापति रवि लामिछाने भने सहकारीको रकम अपचलन प्रकरणमा अनुसन्धानका लागि प्रहरी हिरासतमा छन् ।

लामिछानेलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै रास्वपाले आन्दोलन गरिरहेको छ । सो विषयमा पनि आगामी रणनीति तय गर्ने विषयमा छलफल हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *